ताजा सूचना
२०८२ कार्तिक-पौष (दोश्रो त्रैमासिक) अवधि स्वतःप्रकाशित सुचना

परिचय

Slider Image

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछाप बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो । रामेछाप जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु हुन् । यो कार्यालय मन्थली नगरपालिका वडा नं १, आकासे भुत्याहाखोलामा मन्थली नगर अस्पतालसँगै अवस्थित छ । यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु,थेरापी सेवा , फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा ,  प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् । यस कार्यालयमा हाल   चिकित्सक...

भिजन / मिसन

Mission/ ध्येयः

रामेछाप जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक चिकित्साको गुणस्तरीय स्वास्थ्य सेवा एवं जनस्वास्थ्य कार्यक्रमहरु मार्फत स्वास्थ ब्यक्तिको स्वास्थ्य रक्षा साथै रोगी ब्यक्तिको उपचारमा सघाउ पुर्याउने ।

Vision/ दृष्टि/दीर्घकालिन सोचः

रामेछाप जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम उपयोग ।

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

इमेज ग्यालरी

सेवा प्रवाह
सेवा प्रवाह
सेवा लिन आउने बिरामी
सेवा लिन आउने बिरामी

भिडियो ग्यालरी

कुनै डाटा फेला परेन
© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बागमती प्रदेश, मन्थली, रामेछाप
Developed By: CodeFusion Technologies Pvt. Ltd.